२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एसईई परिक्षा स्थगित

एसईई परिक्षा स्थगित
सेयर गर्नुहोस्
०सेयर

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । वैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।

अब विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर पठाउनेछन् र त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ ।

एसईई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो । तर अन्तिम समयमा चैत ५ गते साँझ कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले स्थगित गर्ने निर्णय गरेको थियो ।

कक्षा १२ र कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । विश्वविद्यालयका परीक्षा पनि स्थगन गरिएका छन् । यसबारे भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।