२९ जेठ, धादिङ ।


नेपाल सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷०७८ को निती तथा कार्यक्रम र बजेटसँगै सुनको मुल्यमा बृद्धि भएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रममा सुन आयातमा कडाई गर्नुका साथै भन्सार शुल्कमा वृद्धि गर्ने उल्लेख गरेसँगै सुनको मुल्यमा वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मुल्य तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच रुपैयाँले बढेर ८९ हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य ८८ हजार एक सय ६० रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । केहि वर्षको अन्तरालमा सुनको मुल्यमा तिब्र वृद्धि भएको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ का कारण बन्द रहेको सुनचाँदि व्यवसाय, नेपाल सरकारको पछिल्लो निर्णय र नेपाल सुनचाँदि व्यवसायी महासंघको पनि निर्णयनुसार आंशिक रुपमा व्यवसाय खुल्न थालेको छ ।