२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङवेशी बजार सडकका वेवारिसे कुकुरलाई ‘निवन वेल्ट’

धादिङवेशी बजार सडकका वेवारिसे कुकुरलाई ‘निवन वेल्ट’
सेयर गर्नुहोस्
०सेयर

सडक दुर्घटना न्यूनिकरण तथा कुकुर प्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्ने उद्देश्यले धादिङवेशी बजारमा रहेका सामुदायिक अर्थात सडक कुकुरहरुको पहिचानमा यूवाहरु जुटेको छ ।

११ जना सम्मीलित यूवाहरुको समूहले आईतबार पहिलो दिन सिरान बजारमा रहेका १३ ओटा वेवारिसे सडकका कुकुरहरुलाई निवन वेल्ट लगाईएको सामुदायिक कुकुर पहिचान अभियानका अभियन्ता सोलोमान तामाङले जानकारी दिनुभयो । रातको समयमा सडक कुकुरहरुका कारण हुने दुर्घटना न्यूनिकरणको लागि सडकमा रहेको कुकुरहरुलाई रातीमा वल्ने निवन वेल्ट अर्थात कुकरको घाँटीमा बाध्ने एक प्रकारको पेटी लगाईएको तामाङले बताउनुभयो ।

यस्तेै यूवाहरुले ति कुकुहरुलाई रेविज विरुद्धको खोप पनि लगाएको छ । सडक कुकुर देख्ने वित्तिकै कुट्ने लखेट्ने ईत्यादी क्रियाकलापलाई रोक्ने र कुकुरलाई पनि मानिस सरह बाच्न पाउने अधिकार हुन्छ भन्ने सन्देश प्रवाह गर्न पनि यो अभियानको सुरुवात गरिएको उनिहरुले बताएका छन् । बढ्दो शहरीकरणसँगै कुकुरको सख्यामा पनि दिनानु दिन बढिरहेको छ भने सडक कुकुरले टोकेर मानिसलाई घाईते बनाउनेको संख्या पनि उत्तिकै छ ।

यस्ता कुकुरहरुको व्यवस्थापनको लागि पनि भविश्यमा तयारीका साथ काम गर्ने यूवाहरुले बताएका छन् । अभियानको सोमबार दोश्रो दिन विचबजार चोक, मिलनटोल लगाएतका क्षेत्रमा रहेका कुकुरहरुलाई खोजी गरेर निवन वेल्ट र रेविज विरुद्धको खोप लगाईने तामाङले बताउनुभयो । निलकण्ठ नगरपालिकाको पशु विकास शाखाको आयोजना तथा स्थानिय स्वयमसेवी भुलुखा (प्रोजेक्ट निवन) को सहयोगमा सामुदायिक कुकुर पहिचान तथा एन्टीरेबिज खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

धादिङवेशीं बजारमा यस्ता कुकुरहरु यतिनै छन् भन्ने आधिकारिक तथ्याङ्क नभएपनि २ सय भन्दा बढि कुकुरहरु रहेको यूवाहरुले अनुमान गरेका छन्् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।