
जिल्लामा विकास निमार्णका काम भन्दा पनि कोभिड १९ नियन्त्रण पहिलो प्राथमिकता राखेर काम गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभएको छ । कोभिड १९ मुख्य चुनौतीको रुपमा देखिएकाले यस कार्यमा साथ दिन सवै पक्षलाई अनुरोध गर्नुभएको छ ।
केही दिन अघि मात्र अछामबाट सरुवा भइ धादिङ आउनु भएका प्रमुख जिल्ला अधिकारी पौडेलले पत्रकारहरुसगँको परिचयात्मक भेलामा अहिलेको अवस्थामा सवै पक्ष मिलेर कोभिड १९ विरुद्ध जुट्नु पर्नेमा जोड दिनुभयो । यस्तै उहाँले सेवा दिने क्रममा पात्रले भन्दा पद्धतीले प्राथमिकता पाउनु पर्ने बताउनुभयो ।
जिल्लामा रहेर काम गरुन्जेल कानुनी व्यावस्था, तत्कालको आवश्यकता, सामाजिक न्याय र कागजी प्रक्रियालाइ सिरोपर गर्दै आफुले काम गर्ने पौडेलले बताउनुभयो । आगमाी दिनमा जिल्लामा आफुले प्राथमिकताका साथ गर्नु पर्ने कामका बारेमा सुु–सुचित गर्न र रचनात्मक आलोचना सहित सचेत गराइ राख्न पनि कार्यक्रम मार्फत आग्रह गर्नुभयो । आफु धादिङ जिल्लामा रहेर काम गरुन्जेल नागरिक समाज, पत्रकार, राजनैतिक अगुवा, सामाजिक अभियान्ता, निजी क्षेत्र लगाएत सवै पक्षहरुलाइ एक जुट भएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
Dhading Update
कार्यक्रममा बोल्दै पत्रकार महासघ धादिङका सभापती नवराज छत्कुलीले जिल्ला प्रशासनबाट हुने राम्रा काममा पत्रकार सधै साथमा हुने प्रतिवद्धता व्यक्त गनुभयोे । त्यसैगरि कार्यक्रममा सहभागि पत्रकारहरुले प्रशासनिक निकायबाट स्थानिय सञ्चार माध्यम र राष्ट्रिय मिडिया विच विभेद हुन नहुनेमा जोड दिएका छन् । सुचना तथा जानकारी उपलव्ध गराउने विषयमा अझै चुस्त बन्न पनि सुझाएका छन् ।
त्यसै गरि कोभिड १९ सक्रमण बढिरहेको यो अवस्थामा जिल्लामा जारी निषेधाज्ञको पुर्ण रुपमा पालना भएको नपाइएको भन्दै यसलाइ प्रभावकारी बनाउन अनुरोध गरिएको छ । साना तिना गल्ती वा वेवास्थाले पछी अवस्था विकराल बन्न सक्ने भन्दै यसमा समम्यमित हुनुपर्नेमा सहभागिले जोड दिएका छन् । कार्यक्रममा जिल्लामा रहेका विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।