२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङका सर्वाेत्कृष्ट प्रहरी झलक बहादुर घले

धादिङका सर्वाेत्कृष्ट प्रहरी झलक बहादुर घले
सेयर गर्नुहोस्
०सेयर

प्रहरी चौकी लापा धादिङमा कार्यरत प्रहरी हवल्दार झलक बहादुर घलेलाई यो श्रावण महिनाको सर्वाेत्कृष्ट धादिङ प्रहरी घोषणा गरिएको छ ।

यहि श्रावण २८ गतेदेखी ३१ गते सम्म परेको अविरल वर्षाको कारण पहिरोको जोखीममा परेको रुविभ्याली गाउँपालिका वडा नम्बर ६ का १ सय ३ घरधुरीका स्थानियलाई सुरक्षीत स्थानमा पु¥याउन र थप विपदबाट अन्य घरधुरीका स्थानियलाई समेत जोगाउन अहम भूमिका खेलेको भन्दै प्रहरी हवल्दार घलेलाई ‘श्रावण’ महिनाको “सर्वोेत्कृष्ट धादिङ प्रहरी”को घोषणा गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

प्रहरी हवल्दार घलेको उत्कृष्ट कार्य सम्पदानलाई उच्च मूल्याङ्कन गर्दै सर्वाेत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताउनुभयो ।

प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गरी आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने अवधारणा अनुरुप प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गर्न सुरु गरीएको पनि प्रहरी उपरिक्षक रेग्मीले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।