२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु, संक्रमतिको संख्या ३० हजार नाघ्यो

कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु, संक्रमतिको संख्या ३० हजार नाघ्यो
सेयर गर्नुहोस्
०सेयर

नेपालमा पछिल्लो २४ घण्टामा मात्र थप ११ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना सङक्रमितको मृत्यु भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमका अनुसार मोरङ, पर्सा, बारा, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दोलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप आठ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार चार सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा पछिल्लो २४ घण्टामा दुइ सय ५० जना निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म निको हहुनेको संख्या १८ हजार दुइ सय सय १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो । देशभर सक्रिय संक्रमितको संख्या १२ हजार एक सय ३२ रहेको छ भने १२ हजार दुइ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैविच पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्र थप एक सय ८२ जना कोरोना सङक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौँमा एक सय ४२, ललितपुरमा २५ र भक्तपुरमा एक जना नयाँ सङक्रमित थपिएका हुन् । विहिबार काठमाडौँ उपत्यकामा दुइ सय जना संक्रमित थपिएका थिए । बुधबार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी दुइ सय आठ जना नयाँ संक्रमित थपिएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।