२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अमरबहादुरलाई रिहाई गर्न राष्टपतिको आग्रह ।


कात्तिक ३०, धादिङ ।
राष्ट्रपति विद्या भण्डारीले युएईलाई मृत्युदण्डको सजाय सुनाइएका अमरबहादुर बमको रिहाइका लागि आग्रह गर्नु भएको छ ।

यूएईको भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका शासक र युवराजसँग बम अन्जानमा वा परिवन्धमा परेको हुनसक्ने भन्दै रिहाइका लागि आग्रह गर्नु भएको हो । राष्ट्रपति भण्डारी चार दिने भ्रमण पूरा गरी आज स्वदेश फर्किर्नु भएको छ ।

दार्चुलाको धारी गाबिसका बम सन् २००३ मा सवारी चालकको काम गर्न यूएई पुगेका थिए । तर, त्यहाँ पुगेको तेस्रो दिन भएको एक हत्याकाण्डमा सवारी चालकको रुपमा सहयोग गरेको भन्दै दुबई अदालतले उनलाई दोषी ठहर गरेको थियो । २००७ मा मृत्युदण्डको सजाय सुनाएका उनी अहिले पनि जेलमै छन् ।
अनलाईन खवरबाट

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।