२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्न निर्देशनात्मक आदेश

सेयर गर्नुहोस्
०सेयर

कात्तिक ३०, धादिङ ।
सर्वोच्च अदालतले सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्न निर्देशनात्मक आदेश दिएको छ । क्रिसमसका दिन सार्वजनिक विदा पाउनुपर्ने मागसहितको रिटमा न्यायाधिशद्वय ईश्वप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजालसले यस्तो आदेश दिएको हो । अधिवक्ताद्वय बुद्ध घिसिङ र गणेश श्रेष्ठद्वारा संयुक्तरुपमा दायर गरिएको क्रिसमस डेको उपलक्ष्यमा डिसेम्बर २५ तारिखमा सार्वजनिक विदा घोषणा गरी पाउँ भनी दिएको रिट निवेदनमा अन्तिम सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो । अदालतले ब्यक्तिको धार्मिक स्वतन्त्रता, समाजिक स्वतन्त्रता, समानताको स्वतन्त्रतालगायतका कुरालाई विचार गरी धार्मिक सहिष्णुतासहितको अवस्था तथा जनताले सरकारी कर्यालयबाट पाउने सेवा सुविधाको प्रभावकारितालई समेत मध्यनजर गरी सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गरी उचित निर्णय निर्देशनात्मक आदेश दिएको हो,’ आदेशमा भनिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।