२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गायिका पुजा क्षेत्रीकोे लोकदोहोरी गीत “के मा चित्त दुख्यो मयालै ” बजारमा (भिडियो सहित)

सेयर गर्नुहोस्
०सेयर

तिम्रो मायाको अपार सफलतापछि चर्चित गायिका पुजा क्षेत्रीको यस बर्ष लोकदोहोरी कोसेली “के मा चित्त दुख्यो मयालै” लिएर आउनुभएको छ ।
चर्चित सर्जक शिब हमालको लय तथा शब्द, मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको धमाकेदार नृत्य रहेको उक्त म्यूजिक भिडियोमा अजय रेग्मीको छाँयाकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ ।

सदाबहार लोकदोहोरी गायक राजु परियार र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको दोहोरी गीत “के मा चित्त दुख्यो मयालै” बजारमा सार्वजनिक भएको हो । एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानलबाट बजारमा आएको यस गीतलाई छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

भिडियो हेर्नुहोस् :-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।