२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सवाधानी अपनाएर मल वितरण गर्नु : जिल्ला सहकारी संघ धादिङ

सवाधानी अपनाएर मल वितरण गर्नु : जिल्ला सहकारी संघ धादिङ
सेयर गर्नुहोस्
०सेयर

सहकारीहरुले मल वितरण गर्दा स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न धादिङ जिल्ला सहकारी संघले अनुरोध गरेको छ ।

गत शनिबार निलकण्ठ सहकारी संस्था लिमिटेडले निशेषधाज्ञ उलंघन गरि मल वितरण गरेको भन्ने शिर्षकमा समाचार धादिङ अपडेट लगायतका संञ्चार माध्यममा प्रशारण तथा प्रकाशन भएपछि सहकारी संघले अनुदानमा कृषि सामाग्री वितरण गर्दै आएका सहकारीहरुलाई यस्तो आग्रह गरेको हो ।

धादिङमा पनि कोरोना संक्रमितको संख्या दिनानु दिन बढिरहेकाले सहकारीहरुले अव्यवस्थीत रुपमा मल लगायत कृषि सामाग्राीहरु वितरण गर्दा जोखीम बढ्न सक्ने भन्दै नेपाल सरकारले निर्देशन गरेका नियमहरु तथा निशेधाज्ञाको पूर्ण पालना गर्न गराउन सहकारी संघले अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यलय धादिङबाट रासायनिक मल तथा विउ विजनहरु विक्री वितरण गर्दा सावधानी नअपनाईएको भन्ने पत्र प्राप्त भएका कारण मल, विउ विजन विक्री, वितरण गर्ने सम्पूर्ण सहकारीहरुलाई सावधानी अपनाउन अनुरोध गरिएको धादिङ जिल्ला सहकारी संघका व्यवस्थापक दोलख गुरुङले जानकारी दिनुभयो ।

सहकारीहरुले मल तथा विउ विजन विक्री वितरण गर्दा भौतिक दुरी कायम गर्ने÷गराउने, टोकन प्रणाली लागू गर्ने, ग्लब्स, मास्क, सेनिटाईजरको अनिवार्य प्रयोग गरि वितरण गर्न आग्रह गरेको छ । यस्तै मल विउ विजन विक्री वितरण कार्यमा प्रहरी प्रशासनको आवश्यक परे प्रशासनलाई पूर्व जानाकारी गराउन समेत व्यवस्थापक गुरुङले बताउनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।