कात्तिक ३०, धादिङ
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ५ दुईपिपलमा आज मिनीट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नंं. ६ बेतपानी तर्फ आइरहेको बा.४ ख ८१७२ नंं को मिनीट्रक दुर्घटना हुदाँ ४० वर्षका श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । आवास निर्माणको सामग्री लिएर बेतपानी तर्फ आउन लागेको गाडी कच्ची सडकको मोहडामा दुर्घटना हुदाँ १ सय ५० मि. तल पुगेको थियो ।
नुवाकोटमा भएको दुर्घटनामा एकको मृत्यु
लेखक
लेखकको सबै आर्टिकल
धादिङ अपडेट










