‘स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धि र सुशानसेवा’ भन्ने नारा सहित १७ औं निजामती सेवा दिवस धादिङमा मनाईएको छ । दिवसको अवसरमा सोमबार कर्मचारीहरु विच निबन्ध प्रतियोगीताको आयोजना गरिएको छ ।

निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन धादिङ तथा कर्मचारी मिलन केन्द्र धादिङको संयुक्त आयोजनामा प्रतियोगीता सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेलको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगीतामा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्य रहेको थियो ।

“विश्व महामारी कोभिड–१९ नियन्त्रणमा निजामती कर्मचारीको भूमिका”  विषयक निवन्ध प्रतियोगीतामा धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विक प्रथम, धादिङ जिल्ला अदालतका टेकबहादुर कटुवाल द्वितिय र वेनिघाट रोराङ गाउपालिकाका शिक्षा प्रमुख बोधराज पाठक तृतिया हुनुभएको छ ।

प्रतियोगीतामा प्रथम, द्धितिया र तृतिया हुने कर्मचारीलाई प्रमण पत्र सहित क्रमश नगद ३ हजार, २ हजार र १ हजारले पुरस्कृत गरिएको निजामती कमर्चारी आधिकारीक ट्रेड यूनियन वागमती प्रदेशका सदस्य एवं नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले जानकारी दिनुभयो ।

यस्तै सरसफाईमा पहिलो हुने कार्यलय निलकण्ठ नगरपालिकाको कार्यलय बनेको छ । यस्तै कोष तथा लोखा नियन्त्रक कार्यलय दोश्रो र धादिङ जिल्ला अदाल तेस्रो भएको छ । सरसफाईमा पहिलो दोश्रो र तेस्रो हुने कार्यलयका प्रमुखहरुलाई पनि प्रमाण पत्र र नगद ३ हजारले सम्मान गरेको छ ।

यस्तै दिवशकै अवसरमा धादिङ अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल र जुस पनि वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामचन्द्र इटनी, धादिङ अस्पतालका मेडिकल सपरिटेण्डेन डा.त्रिभुवनचन्द्र झा, र कर्मचारी मिलन केन्द्र धादिङका पदाधिकारीहरुको उपस्थितिमा फलफूल वितरण गरेको हो ।

Facebook Comments