२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

यस्तो छ नेपालको रेल (फोटो फिचर)

यस्तो छ नेपालको रेल (फोटो फिचर)
सेयर गर्नुहोस्
०सेयर

रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रबार नेपाल आईपुग्दै छ ।

एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपरान्हसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुईवटा ट्रेन जयनगर जनकपुरका लागि हिँडिसकेको छ ।

रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि हिजो नै हिंडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।

फोटोमा हेर्नुहोस् रेल :-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।