धादिङ अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपिडी सेवा बन्द गरेको छ ।
अस्पतालले अर्को सुचना नआए सम्मको लागि ईमर्जेन्सी,फिवर क्लिनिक र प्रसुती सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको अस्पतालका सूचना अधिकारी बिक्रम विकले जानकारी दिनुभयो ।
संक्रमित स्वास्थ्यकर्मी सँग सम्पर्कमा नरहेका अन्य स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका सम्पुर्ण उपायहरु अपनाउदै पिपिई सेट लगाएर ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुती सेवा भने निरन्तर संचालन गरिने विकले बताउनुभयो ।
बुधबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै असोज ५ गते अस्पतालमा कार्यरत केहि स्वाथ्यकर्मीहरुको स्वाब संकलन गरी पठाईएकोमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका सेवाहरु बन्द गरिएको सुचना अधिारी विकले जानकारी दिनुभयो ।