इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जितसँगै बैंगलोरले २ अंक जोडेको छ । पराजित भएको हैदराबादको शून्य अंक छ ।

यस्तै मंगलबार चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

सारजाह स्थित क्रिकेट मैदानमा, नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुने खेलमा चेन्नई लगातार दोस्रो जितको खोजीमा हुनेछ भने, राजस्थापन जितका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

Facebook Comments