धादिङमा विहिबार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट टे«सिङ र स्वच्छाले आफ्नै खर्चमा पिसिआर परिक्षण गरिएकोमा थप ११ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३० वर्षिया महिला, निलकण्ठ १० का १७ वर्षको पुरुष, धुनिवेशी नगरपालिका वडा नम्बर ३ का ३५ वर्षिय पुरुष, थाँक्रे गाउँपालिका वडा नम्बर २ का ४४ वर्षिय पुरुष, वडा नम्बर ३ का २४ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का २५ वर्षिय पुरुषमा छन् ।

यस्तै वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ का २४ वर्षिया महिला, गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का ३० वर्षिय पुरु, २२ वर्षिया महिला र वडा नम्बर ५ की २१ वर्षिया महिला, ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का ३७ वर्षिय पुरुष रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाइरस सङ्क्रमीको सङ्ख्या ४ सय ४६ पुगेको छ ।

Facebook Comments