मंसिर ३, धादिङ ।
निर्वाचन आउन अव ७ दिन मात्रै बाकी छ । यतिखेर दलहरु आफ्नो पार्टीलाई जिताउन गाउँगाउँमा हिड्न थालेका छन् । गाउँमा घरदैलो, कोण सभा लगायत उम्मेदवार मतदात भेटघाट कार्यक्रम गर्ने थालेका छन् ।

आफ्नो पार्टीलाई भोट दिएर जिताए गाउँमा विकास गरिदिने, मोटरबाटो ल्याइदिने, शिक्षा, स्वास्थ्य, विजुलीबत्ती, खानेपानीको उपलब्ध गराउने भन्ने जस्ता योजना लिएर गाउँमा आउने गरेको नागरिकहरु बताउछन् ।

चुनाव अघि यस्तो गर्ने उस्तो गर्ने भन्दै गाउँमा आउने तर चुनवा जिते पछि भने समस्या समाधान नगरिदिने नागरिकहरुले गुनासो गरेका छन् । गत बैशाखमा भएको स्थानीय तहको चुनावमा पनि नागरिकहरुले समस्या समाधन हुने भनेर भोट हालेतापनि चुनावपछि भने दलहरु गाउँमा आउनै छाडेको उनीहरु बताउछन् ।

भुकम्पले टहरा बस्दै गुजार चलाईरहेका प्रभावितहरुलाई स्थानीय तहको चुनावपछि आफ्ना ति समस्याहरु हटेर जाने, प्रतिनिधीहरुको साथ मिल्ने जस्तो ठूलो आशा भएतापनि ति सवै निरासा भएको सिद्धलेक गाउँपालिका वडा नं १ का पद्म बहादुर गुरुङले बताउनु भयो । अव फेरी पनि प्रतिनिधीसभा र प्रद्शसभा निर्वाचन नजिकिए सङगै दलहरु भोट माग्न गाउँमा गएता नागरिकहरुमा भने भोट दिएर केहि नहुने जस्तो सोच बन्दै गएको उहाँले बताउनु भयो ।

त्यसैगरी स्थानिय तहको चुनाव पछि गाउँमा बाटो खनिदिने भन्दै दलहरु गाउँमा पुगे तर अहिले सम्म बाटो नखनिदाँ आफुहरुले आश नै मारेको निलकण्ठ नगरपालिका वडा नं १२ कि मोती परियारले बताउनु भयो । अवको निर्वाचन पछि पनि घर बनाउन सहयोग गरिदिन्छन् कि भन्ने आशा लागेको उहाँले बताउनु भयो ।

Facebook Comments