दशैंको सार्वजनिक विदाको दिनमा पनि विरामीको उपचार सेवा २४ सै घण्टा खुल्ला रहने जनाएको छ ।

दशैंको सार्वजनिक विदाका दिनमा पनि कोरोनाको शंकास्पद विरामीहरुको चेकजांच गर्न संचालित फिभर क्लिनिक सेवा र कोरोना संक्रमित र शंकास्पद लक्षण भएका विरामीहरुको लागि अस्थायी कोभिड–१९ अस्पतालमा भर्ना गरी प्रदान गरिने आईसोलेसन सहितको उपचार सेवा २४ सै घण्टा खुल्ला रहने अस्पतालका सुचना अधिकारी विक्रम विकले जानाकारी दिनुभयो

फिभर क्लिनिकमा चेकजाँच गर्न आउने कोरोनाको शंकास्पद लक्षण सहितको विरामीहरुको लागि निःशुल्क स्वाब संकलन गरी कोरोना परीक्षण (च्त्(एऋच्) को व्यवस्था गर्ने समेत सुचना अधिकारी विकले बताउनुभयो । कोरोनाको शंकास्पद लक्षण सहितका विरामीहरुलाई अस्पतालको फिभर क्लिनिकमा आएर सेवा लिन धादिङ अस्पतालले अनुरोध समेत गरेको छ ।

साथै अस्पतालले प्रवाह गर्ने ईमर्जेन्सी सेवा, प्रसुती सेवा, अन्तरङ्ग सेवा खुल्ला रहने अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । केहि दिन अघि फेसबुक लगायत सामाजिक सञ्जालमा धादिङमा कोरोना शंकास्पद लक्षण विरामीहरुको स्वाव नलिएको भन्दै नागरिकहरुले विरोध समेत जनाएको थिए ।

यस्तै शुक्रबार मात्रै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेललले पनि स्वाव संकलनको काम भईरहेकाले धादिङका नागकिहरु भ्रममा नपर्न आग्रह गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् :
स्वाब संकलन तथा कोभिड १९ का संञ्चालित कुनै पनि सेवा नरोकिएको प्रजिअ पौडेलको भनाई

Facebook Comments