धादिङ जिल्लामा स्वाब संकलन कार्य रोकिएको भनेर चलेको हल्ला  प्रति जिल्ला प्रशासन कार्यालय धादिङले प्रष्ट पारेको छ । शुक्रबार एक सुचना जारी गर्दै प्रष्ट पारेको हो ।

जिल्लामा स्वाब संकलन कार्य रोकिएको भन्दै केहि दिन अघि फेसबुक लगायतका सामाजिक सञ्जालमा नागरिकहरुले विरोध जनाएका थिए ।

कात्तिक ७ गतेदेखि ११ गते सम्म दंशैको सार्वजनिक विदा भएपनि जिल्ला अस्पताल धादिङबाट आकस्मीक, सुत्केरी र कोभिड १९ सम्बन्धी उपचार सेवा तथा लक्षण देखिएका विरामीको स्वाव संकलन सेवा चालु नै रहेको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले कोभिड १९ का विरामीको उपचारका लागि संञ्चालित कुनै पनि सेवा नरोकिएकाले धादिङका नागरिकहरुलाई भ्रमित नहुन समेत आग्रह गर्नुभयो ।

यस्तै केहि व्यक्ती तथा संघ संस्थाले निजि खर्चमा स्वाव संकलन गरि पिसिआर परिक्ष समेत गर्न लागिएको भन्ने जानाकारी समेत आफुहरुले पाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । पिसिआर परिक्षण गर्ने यस्ता व्यक्ती संस्थाले नेपाल सरकाले तोकेको मापदण्डमा रहेर सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

सरकारले तोकेको शुल्क लिनुपर्ने र मापदण्ड पुरा गर्दै परिक्षणको नतिजा प्रमाणिकताको जिम्मा स्वयम सेवा प्रदायकले लिनुपर्ने र परिक्षण पछि कोरोना पोजेटिभ रिपोर्ट आएकाहरुको उपचारको सुनिश्चितताको प्रवन्ध सेवा सेवा प्रदायकले लिनुपर्ने बताउनुभयो । नेपाल सरकारको मापदण्ड विपरित सेवा दिएको भन्ने जानाकारी आएका कारवाहीको भागीदार बन्नुपर्ने उहाँले बताउनुभयो ।

दंशै तिहार जस्ता चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्दै दशै मनाउन अनुरोध गर्नुभयो । धादिङमा दिनानु कोरोना संक्रमितको दर बढिरहेका कारण मेला, जात्रामा नजान र मेला पर्व आयोजना हुनै नदिनको लागि सहयोग गर्न समेत धादिङका नागकिरलाई प्रमुख जिल्ला अधिकारी पौडेलको आग्रह छ ।

Facebook Comments