सरकारले पिसिआर टेस्ट अर्थात कोरोना भएनभएको परिक्षण जाँच नगर्ने भएपछि यतिखेर नागरिकहरुले व्यक्तीगत खर्चमा पिसिआर टेस्ट गरिरहेका छन् । धादिङको नमुना सामुदायिक पोलीक्लिनबाट मात्रै अहिले सम्म व्यक्तीगत खर्चमा १ सय ४४ जनाले पिसिआर परिक्षण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङ, निलकण्ठ नगरपालिका र स्वास्थ्य कार्यलय धादिङको समन्वयमा नमुना सामुदायिक पोलिििक्लनको प्राविधिक सहयोगमा पिसिआर परिक्षणको लागि स्वाव संकलन भईरहेको नमुना सामुदायिक पोलिक्लिनिकका प्रोपाईटर वालकृष्ण खत्रीले जानकारी दिनुभयो ।
कोरोनाको लक्षण देखिएका विरामीहरुले ३ हजार रुपैयाँ तिरेर नमुना सामुदायिक पोलिक्लिनिक पुछारबजारमा स्वाव संकलन गर्न सकिने खत्रीले बताउनुभयो । सरकारी मापदण्ड अनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, विपन्न, अशक्त, असहाय वा अति अपांगता भएका व्यक्ति, एकल महिला र ७० वर्षमाथिका जेष्ठ नागरिक त्यसमा पनि लक्ष्यण देखिएकालाई मात्र निशुल्क पिसिआर परिक्षण गर्ने निर्णय गरेको छ ।