२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

त्रिपुरासुन्दरी गाउँपालिकाका विद्यालयहरु फेरी बन्द

त्रिपुरासुन्दरी गाउँपालिकाका विद्यालयहरु फेरी बन्द
सेयर गर्नुहोस्
०सेयर

कार्तिक १६ गतेबाट संञ्चालनमा आएको धादिङको त्रिपुरासुन्दरी गाउपालिकाका विद्यालयहरु पुन बन्द भएको छ ।

गाउँपालिकाको विभिन्न वडामा समुदायमा नै कोरोना भाईरस सङ्क्रमण देखा परेपछि विद्यालयहरु बन्द गरीएको हो । गाउपालिकाको विद्यालयहरु कात्र्तिक १६ गतेबाट सञ्चालनमा आए पनि समुदायमा कोरोना सङ्क्रमण देखा परे पछि धमा धम बन्दा हुन थालेको सहकर्मी मदन श्रेष्ठले जानकारी दिनुभयो ।

गाउपालिकाको विद्यालय व्यबस्थापन समितिको कात्र्तिक १६ गते बसेको बैठकको निर्णय अनुसार कार्तिक १८ गते देखि बन्द भएको विद्यालयहरु मङ्सिर ३ गते बाट सञ्चालनमा ल्याउने सल्यानटार माध्यामिक विद्यालयका प्रध्यानध्यापक ठान प्रसाद बसौलाले जानकारी दिनुभयो । गाउपालिका वडा नम्बर १ र २ का सम्पुण विद्यालयहरु बन्दा गरिएको छ भने अन्य वडाका समुदायमा कोरोना सङ्क्रमण देखा नपरेसम्म पठनपाठन सञ्चालन गरिने विद्यालयका प्रध्यानध्यापकहरुको भनाइ रहेको छ ।

गाउपालिकाभित्र ३३ ओटा सामुदायिक विद्यालय, ७ ओटा संस्थागत विद्यालय, ४ ओटा समुदायमा आधारीत बालविकास केन्द्र र २ ओटा धार्मीक विद्यालयहरु रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।