धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भोजबहादुर रेग्मीले स्थानियलाई नै नसोधी ढुङ्गा माटो उत्खनन् गरेको भन्दै स्थानियहरु आक्रोसीत बनेका छन् । सडक ग्राबेलका लागि भन्दै केहि समयदेखि ढुङ्गा र माटो उत्खन्न गरी वडा नम्बर ९ का केही सडक र ज्वालामुखी गाउँपालिकालाई समेत बेचेको भन्दै स्थानियहरु आक्रेसित बनेका हुन् ।

वडा कार्यलयले जग्गा धनिलाइ नै नसोधि आफ्नो जग्गामा माटो ढुङ्गा उत्खन्न गर्ने कार्य गरेको स्थानिय नवराज श्रेष्ठले बताउनुभयो । ज्वालमुखी गाउँपालिकालाई समेत वडा अध्यक्षले आफुखुशी क्रंकिट बेचेकोले स्थानियहरु माझ हिसाब देखाई उत्खनन् गरिएको जग्गा वडाले तत्काल खरिद गर्नुपर्ने श्रेष्ठको भनाई छ ।


• नीलकण्ठ नगरपालिकाको ९ नम्बर वडाले गरेको विकास कि विनास ?


ज्वालामुखी गाउँपालिकाले एक क्यूफिटको ६ रुपैया तिरेर क्रंकिट लगिरहेको श्रष्ठले बताउनुभयो । ग्राबेलको लागि उत्खन्न गरीएको जग्गा भन्दा तल बस्ती रहेको र बर्षातको समयमा बाढि पहिरोको जोखिम हुने भएकाले तत्काल यो कार्य बन्द गर्नुपर्ने स्थानिय श्रेष्ठले बताउनुभयो ।

स्थानियले ग्राबेलको लागि उत्खन्न गरीएको जग्गा आफ्नो रहेको र उक्त जग्गाको लालपुर्जा पनि रहेको स्थानियको ठहर छ । यता स्थानियले जग्गा आफ्नो भनी रहदा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भोजबहादुर रेग्मीले भने उत्खनन् गएिको जग्गा सार्वजनिक भएको जिकिर गर्नुभएको छ ।

वडा भित्र रहेको स्तरउन्नती सडकलाई सहज र सरलीकरण गर्ने उद्देश्यले वडाबाट २५ लाख बजेट विनियोजन गरि त्यहाँका स्थानियहरुकै समझदारीमा त्यस स्थानबाट कंक्रिट निकाली सडक ग्रावेलको काम भईरहेको वडा अध्यक्ष रेग्मीले बताउनुभयो ।

ज्वालामुखी गाउँपालिकाले भने रोयल्टी तिरेर पुन बाटो बनाईदिने शर्तमा क्रंकिट लिएर गएको पनि उहाँले दावी गर्नुभयो । स्थानियहरुले सार्वजनीक जग्गा भित्र रहेको प्राकृतिक सम्पदाहरुको संरक्षण गरी पाउँ भनी विहिबार जिल्ला प्रशासन कार्यालय धादिङलाई सामुहिक निवेदन समेत बुझाएका थिए ।

Facebook Comments