धादिङको थाँक्रे गाउँपालिकामा खाद्यअधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सहास नेपाल र सिड्स नेपालको संयुक्त आयोजना साथै फियान नेपालको सहजिकरणमा अभिमुखिकरण कार्यक्रम भएको हो ।

थाक्रे गाउँपालिका अन्तर्गत रहेका सानाकिसान सहकारीहरु, कृषि र महिला सहकारीहरु, कृषि समूहका प्रतिनिधि, बिभिन्न संघसंस्थाहरु, दलित ,जनजाती प्रतिनिधी, उद्योग बाणिज्य संघको प्रतिनिधी, युवा साथै महिला संजालका प्रतिनिधिहरु र नागरिक अगुवाहरुको सहभागीतामा अभिमुखिकरण कार्यक्रम भएको हो ।

कार्यक्रममा मुख्य गरेर खाद्य अधिकार के हो, खाद्यसुरक्षा, खाद्य अधिकारमा राज्यका नितिनियम, यसमा नागरिकका भुमिका साथै कसरी आफ्ना अधिकार सुनिश्चित गराउन सकिन्छ साथै एकिकृत भई स्थानिय स्तरका सवालहरु पहिचान गरेर समस्या समाधान गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराईएको थियो ।

नागरिकहरुले आफ्ना अधिकारका साथै पुरा गर्नुपर्ने कर्तब्यलाई पनि संगै पुरा गर्ने कुरा र यस्ता कार्यले राज्यलाई पनि नागरिकको तर्फ बाट सहयोग गर्न सकिने बारेमा छलफल गरिएको थियो । कार्यक्रममा फियान नेपालका राजेन्द्र बस्नेतले सहजिकरण गर्नुभएको थियो । जिल्लामा खाद्य अधिकार संजालले गरिरहेका गतिबिधि र फियान नेपालले चलाईरहेका अभियानका बारेमा जिल्ला खाद्य अधिकार संजालका संयोजक, फियान नेपालका केन्द्रिय सचिव एबं सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी गराउनुभएको थियो ।

सहास नेपालले गाउँपालिकामा विभिन्न समूहहरु संग खाद्यसुरक्षा र जिबिको पार्जन सुधारका कार्यक्रमहरु गरिरहेको छ । समुदायलाई बिभिन्न क्षमता बिकाशका गतिबिधि संचालन गरिरहेको र त्यसै अन्तर्गत पनि यस्ता अभिमुखीकरण कार्य गरिएको बारेमा सहास नेपालका परियोजना अधिकृत हरि प्रसाद अधिकारीले जानकारी गराउनुभएको थियो । अभिमुखिकरण कार्यक्रम सम्पन्न भए पश्चात, सहभागीहरु बाट गाउँपालिका स्तरिय खाद्यअधिकार संजाल गठन भएको छ । आगामी बैठक बसी संजालको संयोजक र सचिवालय गठन गर्ने पनि निर्णय गरिएको छ ।

Facebook Comments