
धादिङमा मंगलबार थप १० जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका २ जना, गजुरी गाउपालिकाका २ जना, गंगाजमुना गाउपालिकाका २ जना, धुनीबेशि नगरपालिका, खनियाबास, बेनिघाटरोराङ र नेत्रावती डबजोङ गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्र्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका ५७ बर्षको महिला, ३७ वर्षको महिला, गजुरी गाउपालिकाको ४६ र २३ वर्षका पुरुष, गंगाजमुना गाउपालिकाका ४८ वर्षको महिला र ५८ वषको पुरुष, धुनिबेशी नगपाालिकाका २१ वर्षका पुरुष, खनियाबास गाउपालिकाका १९ वर्षका युवा, र नेत्रावती डबजोङ गाउपालिकाका ७३ वर्षका पुरुष रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार २ सय ५२ पुगेको छ । यस्तै धादिङका १ हजार ५७ जना कोरोना संक्रमणमुक्त भइसेकेका छन् । अब जिल्लामा १ सय ९५ जना सकृय संक्रमित आइसोलेसनमा रहेका छन् ।