२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

८ महिनादेखी बन्द रहेको नीलकण्ठ बहुमुखी क्यामपसको पठन पाठन सुचारु

८ महिनादेखी बन्द रहेको नीलकण्ठ बहुमुखी क्यामपसको पठन पाठन सुचारु
सेयर गर्नुहोस्
०सेयर

सदरमुकाम धादिङवेशींमा रहेको निलकण्ठ बहुमुखी क्याम्पसले विहिबारदेखी पठन पाठन सञ्चालन गरेको छ ।

कोरोना महामारीका कारण विगत ८ महिनादेखी बन्द रहेको स्नातक तथा स्नात्तकोत्तर तहको पठनपाठन आजदेखी संञ्चालनमा आएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतीक दुरी कायम गर्दै क्याम्पसको पठन पाठन सुचारु गरिएको क्याम्पस प्रमुख शर्माले बताउनुभयो ।

एक वेञ्चमा २ जना मात्र विद्यार्थी बस्न पाउने, एक विषय ३५ मिनेट मात्र पढाई हुने, कक्षा भित्र शिक्षक यताउति हिड्न नपाईने, क्यान्टीन बन्द गर्ने, खानेपानी विद्यार्थी आँफैले ल्याउनुपर्ने, विद्यार्थीलाई छुन नपाईने, आफुखुशी शौचालय प्रयोग गर्न नपाईने, प्रत्येक शिक्षक विद्यार्थीको ज्वरो नाप्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पठन पाठन सुचारु गरिएको क्याम्पस प्रमुख शर्माले बताउनुभयो ।


कार्तिक १३ गते बसेको क्याम्पस संञ्चालक समतिको निर्णयअनुसार पठनपाठन सुचारु गरिएको उहाँले बताउनुभयो । यस्तै माध्यमिक तहको कक्षा ११ र १२ को पनि पठन पाठन सुचारु भएको छ ।

विद्यालय संञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ र नीलकण्ठ नगरपालिका शिक्षक सिकाई सहजीकरण कार्यविधि २०७७ अनुसार विद्यालयको पठन पाठन सुचारु गरिएको विद्यालयले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।