
धादिङमा सोमबार थप २३ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका ७ जना, खनियाबास गाउपालिकाका ६ जना, गजुरी गाउपालिका, बेनिघाट रोराङ गाउपालिका र गंगाजमुना गाउपालिकाका २/२ जना, धुनीबेशी नगरपालिका, गल्छी गाउपालिका, त्रीपुरासुन्दरी गाउपालिका र ज्वालामुखी गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का ३ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का १ जना, खनियाबास गाउपालिका वडा नम्बर ३ का ६ जना, गंगाजमुना गाउपालिका वडा नम्बर ५ का २ जना, गजुरी गाउपालिका वडा नम्बर १ का २ जना, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ९ र ७ का १/१ जना रहेका छन् ।
त्यस्तै गल्छी गाउपालिका र त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ४ का १÷१ जना, ज्वालामुखी गाउपालिका वडा नम्बर १ का १ जना र धुनीबेशी नगरपालिका वडा नम्बर २ का १ जना रहेका छन् । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ३ सय ६७ पुगेको छ ।