
धादिङमा आईतबार थप २२ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकका ५ जना, धुनीबेसि नगरपालिका र गंगाजमुना गाउपालिकाका ४/४ जना, गजुरी गाउपालिकाका २ जना, खनियाबास गाउपालिका, बेनिघाट रोराङ गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका, सिद्धलेक गाउपालिका, रुवीभ्याली गाउपालिका, गल्छी गाउपालिका र नेत्रावती डबजोङ गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का ३ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ का १/१ जना, धुनीबेशी नगरपालिका वडा नम्बर ३, १, ८, ६ का १र१ जना, गंगाजमुना गाउपालिका वडा नम्बर ३ का ३ जना, गंगाजमुना गाउपालिका वडा नम्बर ६ का १ जना, गजुरी गाउपालिका वडा नम्बर २ का १ जना र गजुरी गाउपालिका वडा नम्बर नखुलेका १ जना रहेका छन् ।
त्यस्तै खनियाबास गाउपालिका, सिद्धलेक गाउपालिका र रुवीभ्याली गाउपालिका वडा नम्बर २ का १/१ जना, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ९ का १ जना, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का १ जना, गल्छी गाउपालिका वडा नम्बर ३ का १ जना र नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ५ का १ जना रहेका छन् । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ३ सय ४४ पुगेको छ ।