२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गजुरी बजारबाट ६ केजी गाँजासहित २ जना पक्राउ

गजुरी बजारबाट ६ केजी गाँजासहित २ जना पक्राउ
सेयर गर्नुहोस्
०सेयर

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरीबजारबाट प्रहरीले सोमबार ६ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

गल्छीबाट चितवनतर्फ जाँदै गरेको ग १५ प ३३५० नम्बरको स्कुटीमा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपि लोकनाथ तिम्सीनाले जानकारी दिनुभयो ।

स्कुटीको चेकजाँच गर्ने क्रममा सोमबार दिउँसो १ः१५ बजेको समयमा गाँजा बरामद गरेको डिएसपि तिम्सीनाले बताउनुभयो । पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौला बजारका २२ वर्षिय दिलिप दाहाल र सोही ठाउँका २० वर्षिय राजन परियार रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।