
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ सल्यान्टा।मा रहेको जनज्योति आधारभुत बिद्यालयमा ३ दिने बिद्यालय सुधार सम्बन्धि कार्यशाला सम्पन्न भएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत उप्रतीको अध्यक्षतामा भएको कार्यशालामा बाल संरक्षण, सुरक्षा, लैगिकमैत्री तथा बिद्यालय सुधार योजना लगायतका सम्बन्धित बिषयबस्तुमा आस्मान नेपालका लैङ्गिक अधिकृत उषा बि.क र भिएसओका राष्ट्रिय स्वयम्सेवक सुजा राईले सहजिकरण गर्नु भएको थियो ।
कार्यशालामा बिद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ, शिक्षकहरु सुशासन समूहका सदस्यहरु र अभिभावक सहित २३ जनाको सहभागीता रहेको थियो । भिएसओको साझेदारीमा आसमान नेपालको सहयोग तथा जनज्योति आधारभुत बिद्यालय सल्यानटारको व्यवस्थापनमा सम्पन्न भएको कार्यशालामा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाको प्रमुख आतिथ्य रहेको थियो ।
गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि थापाले बिद्यालय शैक्षिक बिकासमा शिक्षकहरुले बिषयगत र कक्षागत सिकाई उपलब्धीको लक्ष्य तोकी सोही अनुसार शैक्षिक सुधार तथा कक्षागत पाठ योजना तयारी गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयोे ।
कार्यक्रमका सहभागी अभिभावक जानुका दरैले कार्यशालाले बालबालिकाहरुलाई बिद्यालयमा सहज रुपमा सिकाई बढाउन वातावरण बनाउन सहयोग हुने कुराको बारे जानकारी भई कार्ययोजना समेत तय भएकाले सबै पक्ष मिलेर बाल संरंक्षण तथा सुरधार र लैगिक मैत्री बिद्यालय बनाउन लागि प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा बिद्यालय प्रधानाध्यपक उपेन्द्र उप्रेतीले गाउँपालिका अध्यक्षले दिनु भएको सुझाव सहित ३ दिने कार्यशालामा भएको सिकाई तथा तयार भएको बिद्यालय सुधार योजना पुर्ण रुपमा कार्यान्वयन गरी बिद्यालयको शैक्षिक लगाउत समग्र पक्षको विकासका लागि पर्ने प्रतिबद्धता जनाउनु भएको सल्यान्टारबाट सन्ध्या बिकले जानकारी दिनु भयो ।