२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा करेन्ट लागेर एक युवा घाईते

धादिङमा करेन्ट लागेर एक युवा घाईते
सेयर गर्नुहोस्
०सेयर

धादिङको गजुरी गाउपालिकाको वडा नम्बर ५ च्याङ्लीमा करेन्ट लागेर १ जना युवा गम्भीर घाइते भएका छन् ।

विजुलीको पोलबाट चुडिएर भुइमा लत्रिएको तारलाई छुदा करेन्ट लागेर स्थानीय सागर गुरुङ घाइते हुनुभएको हो । सोमबार दिउसो बाख्रा चराउन गोठालो जाने क्रममा बाटोमै लत्रिएको तारलाई छुन पुग्दा करेन्ट लागेको स्थानीयहरुले बताएका छन् ।

यस्तै करेन्ट लागेर गुरुङले चराउन लगेको २ वटा खशी समेत मरेको स्थानीय प्रेम घलेले जानकारी दिनुभयो । घाइते गुरुङलाई उपचारको लागि काठमाण्डौं पठाइएको प्रहरीले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।