चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपाल धादिङले किशोरीहरुलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । विचैमा विद्यालय छोडेका किशोरीहरुलाई सीपका माध्यमबाट आफ्नो जीवनलाई सहजता संग जीउन र ब्यवसायको माध्यम बाट आत्मनिर्भरता बन्न १५ जना किशोरीहरुलाई मेसिन हस्तान्तरण गरिएको हो । लैङ्गििक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सिलाई मेसिन हस्तान्तरण गरिएको सिड्सकाSVC परियोजनाका परियोजना संयोजक दिलवहादुर रम्तेलले जानकारी दिनुभयो ।

थाक्रे गाउँपालिका वडा नं. ४ र ५ का विद्यालय उमेरमा विचमा कक्षा छोडेका २२ जनालाई आधारभुत र अपग्रेड तालिम सञ्चालन गरिएको थियो । २२ जना मध्ये निरन्तर सिकाईमा सहभागिता रहेको र सीप सिके पछि ब्यवसाय सञ्चालन गर्ने १५ जनालाई थाक्रे गाउँपालिका वडा नंं. ४ रातमाटे स्थित लिती महाँकाल माध्यमिक विद्यालयबाट मेसिन हस्तान्तरण गरिएको हो ।

सिकाई पश्चात सीपको सदुपयोग गरि ब्यवसायिक रुपमा सञ्चालन गर्न केहि कठिनाई भए, संस्थाले सक्ने सहयोग गर्ने जोखिममा रहेका बालबालिकाको सुरक्षा SVC परियोजनाको परियोजना संयोजक दिलवहादुर रम्तेलले जानकारी दिनुभयो ।

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपाल धादिङद्धारा सञ्चालित जोखिममा रहेका बालबालिकालाई सुरक्षा९क्ख्ऋ०परियोजना थाक्रे गाउँपालिकाको विभिन्न वडामा संञ्चालन भईरहेको छ । गाउँपालिकाको वडा नं. २, ४, ५, ६ र ११ मा सञ्चालन भईरहेको छ । परियोजनाले बालअधिकार, बालसंरक्षणका लागि काम गर्ने गर्दछ ।

समुदाय र विद्यालयमा बालबालिकाको संरक्षण वाअधिकार स्थापित गर्नको लागि समुदायमा समुहहरु गठन गर्ने , समुदायमा बाल क्लबहरु गठन गर्ने, विद्यालयहरुमा बालक्लब गठन गर्ने साथै वडा स्तर र गाउँपालिका स्तरको बालक्लबहरुको बालक्लब संजाल विस्तार गर्ने र बालविवाह, बालश्रम, बालबालिका बेचबिखन, बालदुब्र्यवहार लगायतका बालबालिका माथि हुने हिंसा लाई न्युनिकरण साथै बालबालिकाको शिक्षालाई निरन्तरता गर्नका लागि विभिन्न कार्यक्रमहरु १ जनावरी, २०१९ देखि युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालन भईरहेको छ ।

परियोजनाले बालबालिकाको जोखिमलाई न्युनिकरण गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

Facebook Comments