धादिङको नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ३ सेमजोङमा राष्ट्रिय बाणिज्य बैँकले आईतबारबाट कारोबार सुरुवात गरेको छ । कारोबारको सुरुवाती दिनमा आईतबार ४० जनाले खाता खोलेको नेत्रावती डबजोङ गाउपालिकाका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो । नेपाल सरकारले स्थानिय तह घोषण गरेसगैँ प्रत्येक गाउपालिका र नगरपालिकामा १/१ ओटा बैक राख्न स्वीकृती प्रदान गरेको थियो ।

१३ वडा स्थानिय तह रहेको धादिङमा नेत्रावती डबजोङ गाउपालिका र रुविभ्याली गाउपालिकामा मात्रै बैङ स्थापना नभएकोमा नेत्रावती डबजोङ गाउपालिकाले पनि आजबाट बैङ्किङ कारोबार सुरुवात गरेको स्वास्थ्य संयोजक पौडेलले बताउनुभयो । विकास निमार्णका बजेट, गाउपालिकाले दिनुपर्ने भुक्तानी पनि गाउपालिकाको बैङबाट नै हुने भएको छ । उसामाजिक सुरक्षा भत्ता प्रदानको लागि गाउँपालिका र बैंङ्क विच आईतबारै सम्झौता समेत भएको छ ।

सरकारी बैङ भएकोले भरपर्दो र विश्वासिलो हुने र गाउपालिकाको बैङबाट धादिङको नेत्रावती डबजोङ गाउपालिका र नुवाकोट जिल्लाका मेगङ गाउपालिकाका स्थानियले सेवा लिन सहज हुने भएको छ ।

नेपाल राष्ट्र बैंङ्कले गत वर्षनै सबै स्थायिन तहमा वाणिज्य बैंङकहरुलाई पुग्न निर्देशन गरेको भएपनि नेत्रावती गाउँपालिकामा भने बैंङ्क पुग्न सकेको थिएन । सुरुमा राष्ट्र बैंङ्कले ईन्भेष्टमेन्ट बैंङ्कलाई नेत्रावती गाउँपालिकामा सेवा संञ्चालनको लागि निर्देशन दिएको भएपनि सुरक्षाको कारण देखाई पछि हटेको थियो ।

धादिङको रुविभ्याली गाउँपालिकामा भने अझै बैंङ्क पुग्न सकेको छैन । स्थानिय तहमा वैंङक नहुँदा भुकम्पको किस्ता, विकास निर्माणको काम सम्पन्न गरि लिनुपर्ने भुक्तानी, विदेशाबाट आफन्तले पठाएको पैसा निकाल्नको लागि २/३ दिन लगाएर धादिङवेशीमा नै धाउन नागरिकहरु बाध्य भएका छन् । यसो हुदा सुरक्षाको जोखीम बढि हुने गरेको त्यस क्षेत्रका नागरिकहरुको गुनासो छ ।

Facebook Comments