धादिङको सिद्धलेक गाउँपालिकाले गाउँपालिका स्तरिय कोभिड अस्पतालको शुभारम्भ गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ फिस्टारमा आईतबारदेखी कोभिड अस्पतालको शुभारम्भ गरेको हो । कोभिड अस्पतालको आईतबार एक कार्यक्रमका विच समुद्घाटन गरिएको हो ।

संघिय सरकारको १० लाख सहयोगमा सामुदायिक भवनबाट अस्पतालको सेवा सुचारु गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिनुभयो । गाउँपालिकाले अहिले बजेट विनियोजन नगरेपनि स्वास्थ्य शाखाबाट कोभिड अस्पतालको लागि आपश्यक पर्ने औषधी तथा उपकरणहरु सहयोग हुने बताउनुभयो ।

अस्पतालबाट कोभिड–१९ संक्रमितका विरामीहरुको उपचार गरिने र जटिल किसिमका विरामीहरुलाई काठमाण्डौं रेफर गरिने उहाँल्े बताउनुभयो । ५ शैयाको उक्त अस्पतालमा एक जना डाक्टर, २ जना नर्स र एक जना कार्यलय सहयोगीले रहने पनि अध्यक्ष सिलवाले बताउनुभयो । अध्यक्ष प्रेमनाथ सिलवाल आवाज

स्थानिय तहलाई कोभिड अस्पताल निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असोजमा कोभिड–१९ को अस्थायी अस्पताल सञ्चालन सम्बन्धी मार्गदर्शन, २०७७ जारी गरेको थियो । मन्त्रालयले जारी गरेकोे मार्गदर्शनमा हरेक स्थानीय तहलाई भिआइ स्ट्यान्डर्ड, साइड लकरसहितको बेडका लागि ५ लाख, औषधिका लागि ५० हजार र करारमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स र असिस्टेन्ट एक जनाका लागि ५ लाख ५० हजार गरी जम्मा १० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको थियो ।

Facebook Comments