२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ अस्पतालमा भेन्टिलेटरसहितको आइसियू सेवा संचालन

धादिङ अस्पतालमा भेन्टिलेटरसहितको आइसियू सेवा संचालन
सेयर गर्नुहोस्
०सेयर

धदिङ अस्पतालले आजबाट भेन्टिलेटर सहितको आइसियू सेवा सघन उपचार कक्ष संचालनमा ल्याएको छ । बाग्मती प्रदेशअन्तर्गत भक्तपुर र हेटौडा पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहितको सेवा शुरु भएको तेस्रो अस्पताल हो । धादिङ अस्पतालको सघन उपचार कक्षको उद्घाटन गर्दै मन्त्री दुलालले अस्पतालको भौतिक संरचना, उपकरण तथा जनशक्ति व्यवस्थापनमा सरकारले पहल गर्ने बताउनुभयो । यस्तै सरकारले व्यवस्थापन गर्ने सेवा सुविधालाई अस्पताल परिवारले पनि सही ढंगले सदुपयोग गर्न मन्त्री दुलालले आग्रह गर्नुभयो ।

यस्तै फरक प्रशंगमा बोल्दै मन्त्री दुलाले संविधान सभा संकटमा परेको बताउनुभयो । राजनिति आफैमा जटिल विधा हो भन्दै लामो समयको प्रयास र निकै दुःखले पाएको संविधान जोगाउन सकिएन भने ठूलो विपत्ति खेप्नुपर्ने बताउनुभयो । संविधान जोगाउन नसक्नु भनकै विनाश रोज्नु हो । त्यसैले संविधान जोगाउन अपरिहार्यता रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले सामान्य विरामी बाहेक प्रायः विरामीहरुको उपचार गर्न काठमाडौं लगायत अन्यत्र ठाउँहरुमा रेफर गर्ने धादिङ अस्पतालको सेवा तथा सुविधामा सुधार आउन थालेको बताउनुभयो । सेवाग्राहिको मागलाई मध्यनजर गरी केहि महिना यता सेवालाई चुस्त दुरुस्त तथा गुणस्तरिय सेवा प्रवाह भैरहेको बताउनभयो ।

धादिङ अस्पताललाई रेफर अस्पतालको दाग लागेको छ । तर सेवा तथा सुविधा प्रवाहमा कत्तिपनि कमी नगरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत अस्पताललाई ४ वटा भेन्टिलेटर र १० बेडको आइसियू प्राप्त भएको छ । दुइ वटा भेन्टिलेटर आउन बाँकी छ । यि उपकरण तथा प्रविधिको प्रयोग गरी धादिङबासीलाई जिल्लामै पर्याप्त सेवा दिने अध्यक्ष धमलाले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।