
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निकास दिनै पर्ने भएकाले संसद विघटन गरी निर्वाचन घोषणा गरेको बताउनुभएको छ ।
सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई दलभित्रको कचिंगलको बन्धक बनाउन नहुने भएकाले विघटन गरेको बताउनुभयो । विगतका सबै तीतापीरा कुरा बिर्सेर निर्वाचनमा सघाउन पार्टी पंक्तिलाई प्रधानमन्त्रीओलीले आग्रहगर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार माथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको दाबी गर्नुभयो । ‘यो आकस्मिक र अप्रत्यासित देखिएको भएपनि लामो समयदेखि थियो । केही नेताका विकृत र जनअपेक्षा विपरीतका गतिविधिका कारण सिर्जना भएको हो, ओलीले सम्बोधनमा भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकताको निर्णय आम निर्वाचनमार्फत् अनुमोदन भएपनि त्यसपछि राजनीतिलाई जनअपेक्षा अनुरूप अघि बढ्न नदिने गरी विसंगत गतिविधि भएकाले यस्तो परिस्थिति आएको बताउनुभयो ।