२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल बार एसोसिएसनले ६५ औँ स्थापना दिवस धादिङमा पनि मनाईयो

नेपाल बार एसोसिएसनले ६५ औँ स्थापना दिवस धादिङमा पनि मनाईयो
सेयर गर्नुहोस्
०सेयर

नेपाल बार एसोसिएसनले आज आफ्नो ६५ औँ स्थापना दिवस मनाएको छ ।

बार एसोसिएसनको स्थापना २०१३ साल पुस ७ गते भएको हो । बार दिवसका अवसरमा बारका देशैभरका शाखाले विभिन्न कार्यक्रम गरेका छन् । यस क्रममा धादिङ जिल्ला अदालत बार इकाइले आज आफ्नै सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, लोकतन्त्र र पेसागत हकहित तथा मर्यादालाई केन्द्रमा राखेर बार एसोसिएसनले काम गर्न कार्यक्रमका सहभागिहरुले सुझाव पनि दिएका छन् । कार्यक्रममा धादिङ जिल्ला अदालतका न्यायाधिष देवेन्द्र पौडेलले अदालत र बारबीच सुमधुर सम्बन्ध हुनुपर्ने धारणा राख्नुभयो । न्यायाधिष पौडेलले बार र बेन्चबीच परिपूरक सम्बन्ध हुनुपर्छ, दुवै स्वतन्त्र न्यायपालिकाको संरक्षण गर्ने निकाय हुन् त्यसैले एकले अर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नरहेको पनि बताउनुभयो ।

त्यसैगरि अर्का न्यायाधिष आत्मदेव जोशीले सक्षम र इमान्दार न्यायाधीश र वकिलको उद्देश्य नागरिकलाई न्याय दिनु नै हो, बार र बेन्चको भूमिका अलगजस्तो देखिए पनि दुवै एकअर्कामा सम्बन्धित छन्, दुुवैले एकअर्कालाई सम्मान गर्नुपर्छ भन्नुभयो । इकाइ अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक महेन्द्र खड्काले अनुसन्धानमा खटिएका प्रहरी अधिकृत र अधिवक्ताहरुले न्यायका लागि प्रमाण संकलन गर्ने हो प्रमाण सिर्जना गर्ने होइन भन्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहायक न्यायाधिवक्ताहरु नारायण घिमिरे, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्मा लगायत धादिङ बारका पदाधीकारी तथा सदस्यहरुले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।