२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ज्वालामुखी गाउँपालिका खरिमा संञ्चालित होम स्टे पर्यटन विकास सम्बन्धी तालिम सम्पन्न

ज्वालामुखी गाउँपालिका खरिमा संञ्चालित होम स्टे पर्यटन विकास सम्बन्धी तालिम सम्पन्न
सेयर गर्नुहोस्
०सेयर

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ खरिमा ४ दिन देखि संञ्चालित होम स्टे पर्यटन विकास सम्बन्धी आधारभूत तालिम शनिबार सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय तथा तारागाउँ विकास समितिको संयक्त आयोजनामा तालिम संञ्चालन भएको हो ।

भदुवार कालिका होम स्टेका ३० जना सदस्यहरुको सहभागीता रहेको तालिममा पर्यटन प्रर्वद्र्धनका लागि स्थानिय परिकारहरुको उत्पादनलाई वृद्धि गर्दै लैजनाु पर्ने, गाउँघरमा पाईने कोदो, मकैका परिकार बनाउने तरिका लगायत विषयमा जानकारी गराईएको थियो ।

तालिममा उमेश नेपाल, प्रमुख प्रशिक्षक रा प्रसाद ज्ञवली, मोहन गजुरेलले प्रशिक्षण दिनुभएको थियो । भदुवार कालिका होमस्टे समितिका अध्यक्ष जितबहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको तालिममा गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सीनाको प्रमुख आतिथ्य तथा वडा नम्बर ५ वडा अध्यक्ष कृष्ण प्रसाद काप्रीको विशेष आतिथ्य रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।