
तमू ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् सिद्धलेक गाउँपालिका १ नम्बर वडा ईकाई समितिको पाँचो अधिवेशन एवं ल्होसारको शुभकामना आदनप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले राजु गुरुङको अध्यक्षतामा ९ सदस्सीय तमू ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् सिद्धलेक गाउँपालिका वडा ईकाई समितिको गठन गरिएको छ । समितिको उपाध्यक्षमा चोक बहादुर गुरुङ, सचिवमा संगिता गुरुङ, कोषाध्यक्षमा बेदबहादुर गुरुङ चयन हुनुभएको छ ।
यस्तै तमू गुरुङहरुको महानचाड ल्वों ल्हो गाई वर्गको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रमको समेत आयोजना गरिएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ ईकाई समितिका निवर्तमान अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तमू ह्यूला छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय निर्देशन तथा अनुगमन समितिका सदस्य एवं तमू ह्यूला छोंज धी गुरुङ राष्ट्रिय परिषद् धादिङका पूर्व अध्यक्ष हिरा बहादुर तमूको प्रमुख आतिथ्य तथा निलकण्ठ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले सम्पूर्ण गुरुङ समुदायहरु संगठीत हुनुपर्ने, भाषा धर्म संस्कार सस्कृतिको विकास, संरक्षण र विकास गर्नुपर्ने, आर्थिक सामाजिक, शैक्षि, राजनैतिक क्षेत्रमा क्रियाशिल हुनुपर्ने भनाई राखेका थिए । यस्तै गुरुङ समुदायको महानचाड ल्होसारमा दिंदै आएको सार्वजनिक विदालाई पनि सरकारले कटौती गरेका कारण ल्होसारको दिन सार्वजनिक विदा दिईनुपर्ने साथै आफ्ना हक अधिकारका निम्ति स्थानिय तहदेखि नै सरकारलाई झकझकाउनुपर्ने भनाई राखेका थिए । कार्यक्रममा चर्चित गायक राकेश गुरुङको विशेष प्रस्तुती रहेको थियो ।
गुरुङ समुदायले यस वर्ष च्यू ल्हो मुसा वर्गलाई विदाई गर्दै ल्वों ल्हो गाई वर्गलाई स्वागत गर्दै ल्होसार मनाउँदैछन् ।
फोटो हेर्नुहास् :-

