प्रेस काउन्सिल नेपालबाट लेखनवृत्ति पुरस्कारको लागि धादिङबाट रेडियो धादिङका समाचार सम्पादक निरमाया गुरूङ (डोल्मा मम्वा) छनौट हुनुभएको छ ।

प्रत्येक प्रदेशबाट तीन जनाको दरमा २१ जना आवेदक छानिएको मिडिया विकास कोषका सदस्य–सचिव झबिन्द्र भुसालले जानकारी दिनुभयो । वागमती प्रदेशबाट धादिङबाट निरमाया गुरुङ, दोलखाबाट उषा तामाङ र रसुवाबाट अनु आचार्य छनोटमा पर्नुभएको हो ।

निर्धारित समयावधिमा परेका आवेदनमध्येबाट २१ जना आवेदकले प्रतिव्यक्ति १५ हजार राशिको लेखनवृत्ति प्राप्त गर्ने भएका हुन् । काउन्सिलले २०७६ चैतदेखी २०७७ मङ्सिरसम्म प्रकाशित र प्रसारित कोभिड–१९ सम्बन्धी ५ वटा चेतना र शिक्षामुलक लेख तथा समाचार सामाग्री माग गरेको थियो । तोकिएको मापदण्डमा रहेर आवेदन दिएकाहरूलाई उनीहरूका सामग्रीको मुल्याङ्कन गरी नाम छनोट हो ।

निरमाया गुरुङ विगत एक दशकदेखी रेडियो धादिङमा कार्यरत हुनुहुन्छ ।

Facebook Comments