
२ सय ९९ औँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस धादिङमा पनि सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जयन्ति तथा राष्ट्रिय एकता दिवस सदरमुकाम धादिङबेशीमा सोमबार एक कार्यक्रम गरी मनाइएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङ, शुसासनको लागि हाम्रो नेपाली अभियान धादिङ र क्षेत्री समाज नेपाल धादिङको संयुक्त आयोजनामा कार्यक्रम गरेको हो । कार्यक्रममा पृथ्वी नारायण शाहको तस्विरमा माल्यापर्ण गरीनुका साथै उहाँको बारेमा र शाहले गर्नु भएका कुसल कामको बारेमा स्मरण गरिएको थियो ।
दिवशको अवसरमा रक्तदान कार्यक्रम
सदरमुकाम धादिङबेशिमा अवस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा राष्ट्रिय एकता दिवसको अवसरमा सोमबार बृह्त खुल्ला रक्तदान कार्यक्रम गरीएको छ । कार्यक्रममा युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयको आयोजनाका साथै नेपाल रेडक्रस सोसाइटि रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
सोमबार विहान ७ बजेदेखि सुरु भएको कार्यक्रम मध्यान्न १२ बजेसम्म भएको नेपाल रेडक्रस धादिङका उपमन्त्रि नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा ३९ जना महिला र ३१ जना पुरुष गरी ७० जनाले रगत दान गरेका छन् ।

त्यसैगरी सोमबारै रक्तदान कार्यक्रमका साथै रक्तदाता उत्प्रेरणा तथा जनचेतना कार्यक्रम पनि सम्पन्न गरीएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्त सञ्चार सेवा, नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा धादिङ र युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयको संयुक्त आयोजनाका कार्यक्रम गरीएको हो ।
कार्यक्रममा रगतका फाइदा, महत्व र आवश्यकताको बारेमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापती नारायण तिमल्सीनाले जानकारी गराउनु भएको छ । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागीता रहेको थियो ।