२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

‘खोप खरिद प्रक्रिया पारदर्शी हुन्छ ’ : स्वास्थ्यमन्त्री त्रिपाठी

‘खोप खरिद प्रक्रिया पारदर्शी हुन्छ ’ : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुने बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभयो । जीटूजी प्रक्रिया प्राथमिकतामा रहेको भन्दै उहाँले जे जति विकृतिको आशंका भइरहेको छ, त्यसलाई झुटो सावित गर्ने बताउनुभयो ।

आफूले भारत, रुस र यूएईका राजदूतसँग कुराकानी गरेको भन्दै उहाँले कोरोना खोपका लागि राजनीतिक प्रभावहरुलाई समेत प्रयोग गरिरहेको पनि बताउनुभयो । खोप छिटो भन्दा छिटो अरु सरह नै ल्याउने प्रयास भइरहेको पनिमन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

खोपका लागि १६ हजार खोप केन्द्र बनाइने छ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।