धादिङमा आईतबार थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा धुनीबेशि नगरपालिका वडा नम्बर ८ का ५१ बर्षका पुरुष र धुनीबेशि नगरपालिका वडा नम्बर ७ का ३४ बर्षका महिला रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय ३१ पुगेको छ ।

Facebook Comments