
धादिङको खनियाबास गाउँपालिकाको कुरीमा अन्तर क्लब स्तरिय खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।
२८५७ औं सोनाम ल्होछारको अवसरमा स्थानीय ल्याप्चेकुण्ड संरक्षण समाजले फुटबल प्रतियोगिताको आयोजना गरेको हो । खेलकुदसँगै आन्तरिक पर्यटन प्रवद्धृनमा समेत सहयोग पुग्ने गरि प्रतियोगिताको आयोजना गरिएको ल्याप्चेकुण्ड संरक्षण समाजका अध्यक्ष जलबहादुर तामाङले जानकारी दिनुभयो ।
माघ १७ गते देखि आयोजना हुने प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, दितिय हुने समुहलाई २० हजार, तृतीय हुने समूहलाई १० हजार नगद, शिल्ड मेडल र प्रमाण पत्रद्धारा पुरस्कृत गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।