संसद विघटनको विरोधमा नेपाली काँग्रेस धादिङले विहिबार वडा स्तरिय विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले विहिबार धादिङका १ सय ४ वटै वडामा प्रदर्शन गरेकोे हो ।

ओली सरकारले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसको विरुद्धमा सबै वडामा विरोध ¥याली तथा सभा गरेको थियो । धादिङमा भएको वडा स्तरिय विरोध सभामा सहभागी हुदै काँग्रेसका जिल्ला नेताहरुले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक गतिविधि अब नेपाली जनताले सहेर नबस्ने र नेपाली काँग्रेस सदैव एक ढिक्का भएर प्रतिगमनको विरुद्धमा लड्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्धको दोश्रो चरणको कार्यक्रम अन्तर्गत नेपाली काँग्रेसले विहिबार देशका ६ हजार सात सय ४३ वटा वडाहरुमा विरोध प्रदर्शन सम्पन्न गरेको हो ।

Facebook Comments