
तस्विर : धादिङपोष्ट
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १ पात्लेमा जारी अन्तर पालिका स्तरिय फुटवल प्रतियोगीतामा ३ खेल भएका छन् ।
शनिबार भएको खेलमा रुविभ्याली गाउँपालिका र निलकण्ठ नगरपालिका विच भएको खेलमा १–० गोल अन्तरले निलकयठ नगरपालिका विजयी भएको छ । भने ज्वालामुखी गाउँपालिका र गल्छी गाउँपालिका विच भएको खेलमा ज्वालामुखी गाउँपालिका २–० गोल अन्तरले विजयी भएको छ । यस्तै त्रिपुरसुन्दरी गाउापालिका र धुनीवेशी नगरपालिका विच भएको खेलमा त्रिपुरासुन्दरी गाउँपालिकाले धुनिवेशीलाई १–० गोल अन्तरले हराउँदै विजयी भएको छ ।
जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभुमी युवा समाज पात्लेको व्यवस्थापनमा प्रतियोगीताको आयोजना गरिएको हो । प्रतीयोगीतामा प्रथम हुने टिमलाई प्रथम पुरस्कार स्वरुप नगद रु. १ लाख, द्धितिय पुरस्कार ५० हजार, तृतिय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्रद्धारा सम्मान गरिने आयोकले जनाएको छ । यस्तै शुक्रबार भएको उद्घाटन खेलमा नेत्रावती र गजुरी गाउँपालिका विजयी भएको थियो ।