२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

उत्तर कोरियाद्धारा बलिस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्धारा बलिस्टिक क्षेप्यास्त्र प्रहार
सेयर गर्नुहोस्
०सेयर

मंसिर १३-
उत्तर कोरियाले एउटा नाम नखुलेको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पूर्वतिर गएको जनाइएको छ।दक्षिण कोरियाली समाचार संस्था योनहापले उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

उक्त क्षेप्यास्त्रले कति दूरी पार गर्यो र यसअघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन भन्ने स्पष्ट भइसकेको छैन। । उत्तर कोरियाको आणविक कार्यक्रमबारे तनाव बढिरहँदा उसले यो वर्ष जुलाई महिनामा पहिलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

यसअघि एप्रिल महिनाकै शुरुमा उत्तर कोरियाले गरेको अर्को क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो । अमेरिकाले उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारको कडा आलोचना गरेको छ ।
एजेन्सी

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।