२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज राष्ट्रिय एड्स दिवस मनाइदै,

आज राष्ट्रिय एड्स दिवस मनाइदै,
सेयर गर्नुहोस्
०सेयर

मंसिर १५, धादिङ ।

राष्ट्रिय एड्स तथा यौनरोग दिवस आज मनाइदैछ । यौनरोग सरकारी र गैरसरकारी ससथाहरुले आज विभिन्न् कार्यक्रम गरि यो दिवस मनाउँदैछन् ।

यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ । विश्व एड्स दिवस ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित मनाइँदै छ ।

नेपालमा २० हजार २३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । ‘सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रूपमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या ४८५ ले कमी आएको छ ।

७० प्रतिशत संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेको पाइएको छ । एचआइभी रोकथामका लागि सरकारले यस वर्ष ५० करोड र निःशुल्क औषधिका लागि १४ करोड विनियोजन गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।