धादिङमा आईतबार थप ५८ जनामा कोरोना संक्रमणपुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा निलकण्ठ नगरपालिकामा ७, धुनिबेसिमा १, बेनिघाट रोराङ गाउँपालिकामा १, ज्वालामुखीमा २३, गल्छीमा २, त्रिपुरासुन्दरीमा ४, नेत्रवातिमा १ र धादिङ्ग हस्पिटलमा ३ गरि जिल्ला भित्र ४२ र जिल्ला बाहिर १६ जना छन् । जिल्ला भित्र ७४६ र जिल्ला बाहिर १ सय ५ गरेर धादिंगको सक्रिय केश ८ सय ५१ पुगेको छ ।

यस्तै धादिङमा आईतबार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा निलकण्ठको ४५ बर्षीय पुरुष र थाक्रेको २३ र ६५ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय धादिङ धादिङले जनाएको छ ।

यो संगै धादिंङमा मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।  यस्तै आईतबार ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १७, संस्थागत आइसोलेसनमा ३३ र होम आइसोलेसनमा ६९६ रहेका छन ्।

त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३० र होम आइसोलेसनमा ७५ रहेका छन् । निलकण्ठमा २२४ र गजुरीमा ७ गरेर आज २३१ स्वाब संकलन भएको छ ।  ३५ एनटीजेन परिक्षण मध्ये १० पोजिटिभ आएको छ

Facebook Comments