२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ : ९१ जना कोरोना संक्रमणमुक्त, थप १३७ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

कोरोना अपडेट धादिङ : ९१ जना कोरोना संक्रमणमुक्त, थप १३७ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
सेयर गर्नुहोस्
०सेयर

धादिङ थप १ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

निलकण्ठमा ८९, धुनिबेसिमा १, गजुरीमा ७, बेनिघाटमा १, ज्वालामुखीमा १०, गंगाजमुनामा १, गल्छीमा २, त्रिपुरासुन्दरीमा ५, खनियाबासमा ११, धादिङ्ग हस्पिटलमा ५ गरेर जिल्लाभित्र १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने जिल्ला बाहिरको पोजिटिभको संख्या ५ रहेको छ ।

यस्तै मंगलबार ९५ एनटीजेन परिक्षण मध्ये ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्ला भित्र ७९१ र जिल्ला बाहिर ८० गरेर धादिंगको सक्रिय संक्रमित ८ सय ७१ पुगेको छ।

जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १२, संस्थागत आइसोलेसनमा ३१ र होम आइसोलेसनमा ७४८ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २३ र होम आइसोलेसनमा ५७ रहेका छन्। यस्तै मंगलबार बेनिघाटरोराङमा ५९ बर्षीय पुरुष, गंगाजमुनामा ३३, ५० र ३८ बर्षीय पुरुषले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

योसँगै धादिङमा कोरोना संक्रमणका कारण अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै मंगलबार ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।