
धादिङमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गते सम्म लम्बिएको छ ।
अर्काे निर्णय नभईञ्जेल सम्म बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म पसल व्यवसाय संचालन गर्न दिने गरि खुकुलो पारिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति धादिङको मंगलबार बसेको वैठकले दिउँसो १ बजे सम्म तोकिएको केहि व्यवसाय बाहेकका पसल व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो । यस्तै वैठकले होटेल रेष्टुरेन्ट, स्वीमिङ पुल, हाटबजार, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन, ब्युटीपार्लर भने संचालन गर्न नपाउने निर्णय गरेको छ ।

बैठकले सरकारी कार्यालयका प्रमुखले अत्यावश्यक सेवाहरु मात्र न्यूनतम कर्मचारीबाट तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि सेवा प्रवाह गर्नुपर्ने जनाएको छ । धादिङमा वैशाख २१ गतेदेखी जारी गरिएको निषेधाज्ञा विचमा थप्दै असार १५ गते सम्म लम्ब्याएको हो ।